बिएल संवाददाता
बलिउडका अभिनेता शाहरुख खान दर्शकहरूकाे मनमा बस्न सफल छन्। लामो समयदेखि उनले आफ्नो फिल्मबाट मानिसलाई मनोरञ्जन दिइरहेका छन्। सन् २०२३ किंग खानका लागि उत्कृष्ट वर्ष रह्यो।
एकै वर्षमा उनका तीन वटा चलचित्र रिलिज भए र तीनवटै चलचित्रले दर्शकको अत्याधिक माया पाए।‘पठान’-‘जवान’ले धेरै नाफा कमाए। अहिले शाहरुखका फ्यानहरू उनको आगामी प्रोजेक्टको प्रतिक्षामा छन्।
उनीसँग धेरै ठूला परियोजनाहरू छन्। तर अहिले फिल्मबाट नाम र दाम कमाएका उनी कुनैबेला फिल्ममा कामै गर्न चाहदैनन् थिए।
धेरै कम मानिसहरूलाई थाहा छ कि शाहरुख खानको करियरको सुरुवाती चरणमा अभिनेता तथा निर्माता विवेक वासवानीले उनलाई धेरै सहयोग गरेका थिए।
हालै विवेक वासवानीले शाहरुखकी आमाको अन्तिम इच्छा सबैसामु खुलाएका छन्।
सबैलाई थाहा छ, शाहरुख खानले सन् १९८८ मा टिभी सिरियल ‘फौजी’ बाट आफ्नो करियर सुरु गरेका थिए। उनले धेरै वर्ष टिभीमा आफ्नो अभिनय देखाए।
उनी टिभीमा मात्रै करियर बनाउन चाहन्थे। तर उनकी आमा उनलाई ठूलो सुपरस्टार बनेको हेर्न चाहन्थिन्।
आमाको सपना
शाहरुख खान र विवेक वासवानी मिल्ने साथी हुन्। दुबैले ‘जोश’, ‘राजु बन गया जेन्टलम्यान’, ‘किंग अंकल’, ‘अंग्रेजी बाबु देसी मेम’, ‘दुल्हा मिल गया’ जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन्।
आफ्नो र शाहरुखको मित्रताको बारेमा कुरा गर्दै विवेकले शाहरुख खानले कसरी फिल्ममा प्रवेश गर्ने निर्णय गरेको समेत खुलाए। शाहरुख खान सन् १९९१ मा आमाको मृत्युपछि उनको सपना पूरा गर्न मुम्बई छिरेका थिए।
विवेकले भने, ‘एकदिन उनी आएर मलाई भने कि म फिल्म खेल्न चाहन्छु। मैले उसलाई भनेको थिएँ कि तिामी टिभीमा मात्र काम गर्न चाहन्छौं। किन फिल्म खेल्ने? त्यसले शाहरुखले भने कि उनलाई आफ्नो आमाको सपना पूरा गर्नुछ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया