बिएल संवाददाता
नेपाली महिला फुटबल टिमले इराकविरुद्ध सानदार जित हासिल गरेको छ। साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
जेहादस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन्। योसँगै प्रतियोगितामा कूल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन्।
पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औँ मिनेटमा पाँचौं गोल गरेकी थिइन्। यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औं मिनेटमा पहिलो १५औं मिनेटमा दोस्रो, ३७औं मिनेटमा तेस्रो तथा ४४औं मिनेटमा चौथो गोल गरेकी थिइन्।
यो नेपालको वाफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको पराजित गरेको थियो। समूह बी मा २ खेलमा ६ अंक हासिल गरेको नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित रहेको छ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया