प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेकाे छ।
बिहीबारको प्रतिनिधिसभा बैठक सुरु एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे राजीनामा माग गरेका हुन्।
उनले लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किरातीको संलग्नता रहेकोले राजीनामा दिनुपर्ने बताए।
नेता पन्तले स्वास्थ्यमन्त्री बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गरेर बयान लिइरहेका समयमा मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।
एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै यस्तो अहिले त्यस्तो नदेखिएमा त्यस्तो सैह्य नहुने चेतावनी दिए।
यसैगरी सांसद पन्तले बालकुमारीमा गोली प्रहारबाट मारिएका दुई युवाको हत्याको घटनामा छानबिनको प्रतिवेदन कार्यान्वयन नभएको गुनासो गर्दै छानविन समितिले दोषी देखाएका मन्त्री ज्वाला हटाउन माग गरे।