मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयाे, धामी पक्राउ

Symbolic photo
Symbolic photo

मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ।

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्।

बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुर्व्यवहार भएको थियो। 

प्रकाशित मिति: : 2024-02-16 13:19:00

प्रतिकृया दिनुहोस्