नार्गाजुनमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

शनि शाक्य

काठमाडाैँ
file photo
file photo

काठमाडौंको नागार्जुनमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। 

काम गर्ने क्रममा इनारमा खसेकी ५० वर्षीय अन्जु सिंहलाई  नेपाल प्रहरीले सकुशल उद्धार गरेकाे हाे।

बुधबार बिहान ७ बजे नागार्जुन नगरपालिका–४ बाफल महाडोल बस्ने अन्जु सिंह काम गर्ने कम्रमा इनारमा खसेकी थिइन्।

इनारमा महिला खसेको जानकारी पाएलगत्तै नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा  विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो। 

हाल उनकाे मनमोहन अस्पतालमा उपचार भईरहेको छ। 


 

प्रकाशित मिति: : 2024-02-14 15:32:00

प्रतिकृया दिनुहोस्