आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ- अर्थमन्त्री

फाइल तस्विर
फाइल तस्विर

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले प्रि-बजेट विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरूले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रलाई समेटेर बजेट तयार पारिने बताए।

उनले सरकारले यो अधिवेशनमा धेरै विधेयक पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रशस्त पाउनेसमेत बताएका छन्।

प्रकाशित मिति: : 2024-02-05 19:36:00

प्रतिकृया दिनुहोस्