बिएल संवाददाता
व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अगुवा ब्यापारी व्यवसायीहरूले आफूहरूलाई सरकारले हतोत्साहित बनाउन थालेको आरोप लगाएका छन्।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा ब्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालगायत चार जनालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियो।
उनीहरूलाई चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिइसकेको छ।
चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रका अगुवा व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर ‘प्रतिष्ठित’ ब्यापारीहरूलाई सरकारले हतोत्साहित बनाउन खोजेको र त्यसबाट लगानीकर्ताहरू नै पलायन हुने स्थिति आएको बताएका छन्।
‘कसैलाई पक्राउ नै गर्नुहुन्न भन्ने होइन, त्यसका लागि अनुसन्धान हुन्छन्, प्रक्रिया हुन्छ’ पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भने ‘सफाइको कुनै मौका नै दिइएको छैन। यसरी धरपकड गरेर ब्यापारीलाई हतोत्साहित बनाइयो।’
उनले वयवसायीलाई तर्साउने काम सरकारले गरिरहेको बताए। ब्यापारी व्यवसायीहरूलाई ‘अपराधी’ वा ‘चोर डाँका’ जसरी पक्राउ गरिएको भन्दै उनको गुनासो छ।
‘ब्यापारी व्यवसायीले देशका लागि देशमा लगानी गरेका हुन्छन्’ उनले भने ‘कसैलाई पनि त्यस्तो अपराधै गरेजसरी प्रक्राउ गरिनुहुन्न भन्ने हाम्रो भनाइ हो।’
भिडियो
‘चौधरीलाई पक्राउ गरेर व्यवसायीको उत्साह मार्ने काम गरियो’ :
अरुण चाैधरी पक्राउ परेपछि व्यवसायीले भने– नेपालमा जग्गासम्बन्धी नीति नै गलत छ :
व्यवसायीलाई चोर–फटाहलाई जसरी पक्राउ गर्नु त भएन नि :
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया