बिएल संवाददाता
व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अगुवा ब्यापारी व्यवसायीहरूले आफूहरूलाई सरकारले हतोत्साहित बनाउन थालेको आरोप लगाएका छन्।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा ब्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालगायत चार जनालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियो।
उनीहरूलाई चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिइसकेको छ।
चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रका अगुवा व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर ‘प्रतिष्ठित’ ब्यापारीहरूलाई सरकारले हतोत्साहित बनाउन खोजेको र त्यसबाट लगानीकर्ताहरू नै पलायन हुने स्थिति आएको बताएका छन्।
‘कसैलाई पक्राउ नै गर्नुहुन्न भन्ने होइन, त्यसका लागि अनुसन्धान हुन्छन्, प्रक्रिया हुन्छ’ पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भने ‘सफाइको कुनै मौका नै दिइएको छैन। यसरी धरपकड गरेर ब्यापारीलाई हतोत्साहित बनाइयो।’
उनले वयवसायीलाई तर्साउने काम सरकारले गरिरहेको बताए। ब्यापारी व्यवसायीहरूलाई ‘अपराधी’ वा ‘चोर डाँका’ जसरी पक्राउ गरिएको भन्दै उनको गुनासो छ।
‘ब्यापारी व्यवसायीले देशका लागि देशमा लगानी गरेका हुन्छन्’ उनले भने ‘कसैलाई पनि त्यस्तो अपराधै गरेजसरी प्रक्राउ गरिनुहुन्न भन्ने हाम्रो भनाइ हो।’
भिडियो
‘चौधरीलाई पक्राउ गरेर व्यवसायीको उत्साह मार्ने काम गरियो’ :
अरुण चाैधरी पक्राउ परेपछि व्यवसायीले भने– नेपालमा जग्गासम्बन्धी नीति नै गलत छ :
व्यवसायीलाई चोर–फटाहलाई जसरी पक्राउ गर्नु त भएन नि :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया