सनीराज शाक्य
जिल्ला अदालत काठमाडौँले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार पक्राउ परेका चौधरीलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो।
अदालतले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियाे।
चौधरीलाई काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको हाे।


‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया