बिएल संवाददाता
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ‘विवादास्पद सांसद–व्यापारी’ विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीलाई पक्राउ गरेको छ।
चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशकसमेत रहेका अरुणलाई सिआईबीले ‘सरकारी जग्गा हडपेको आरोप’मा बिहीबार दिउँसो लैनचौरबाट पक्राउ गरेको हो।
चौधरी खलकले ‘नटवरलाल’शैलीमा बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गरेको सीजी चाँदवाग स्कूल सञ्चालन गरिरहेको छ। जब कि त्यो जग्गा २०४३ साल भदौ १० गते दाइ विनोदको निर्देशनमा भाइ अरुणले वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा हत्याएका थिए।
समाचार स्रोतकाअनुसार बाँसबारी छाला–जुत्ता कारखानाका तत्कालीन हाकिम अजितनारायण सिंह थापाले सत्ता र शक्तिको आडमा बाँसबारीको सरकारी जग्गा ‘चौधरी ग्रुप’लाई गैरकानुनी रुपमा सुम्पिएका थिए ।
अजितनारायण पञ्चायतका हस्ती सूर्यबहादुर थापाका काकाका छोरा हुन् । सूर्यबहादुरकै निगाहमा उनले पञ्चायतमा अनेक लाभदायक पद पाएर यस्ता कुकृत्य गरेका थिए । चौधरी ग्रुपलाई हुर्काउन बढाउन पनि सूर्यबहादुरको ठूलो योगदान रहेको स्वयं विनोद चौधरीले नै आफ्नो आत्मवृतान्तमा स्वीकारेका छन् ।
सिआईबीले बिहीबार बाँसबारी छालाजुत्ताका कारखानाका तत्कालिन कार्यकारी अध्यक्ष थापालाई समेत पक्राउ गरिसकेको छ।
जुत्ता उत्पादन गर्ने सर्तमा कब्जा गरेको बाँसबारीको सरकारी जग्गामा अहिले ‘दाइ विनोद’ले चाँदबाग स्कुल चलाइरहेका छन्। जग्गा पनि अहिले उनकै नाममा छ।
स्रोतका अनुसार विनोदले २०४३ सालमै बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा राख्न चलखेल गरेका थिए। तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारी र हिमचिमको आडमा ‘दाइ विनोद’ले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा त्यो जग्गा फुत्काएको बताइन्छ। कम्पनीले वार्षिक १० लाख थान जुत्ता उत्पादन गर्ने र कम्पनीमा बाँसबारी छाला–जुत्ता कारखानाको २५ सय कित्ता सेयर स्वामित्व हुने भनिएको थियो।
त्यतिबेला चौधरीका दाजुभाइको अंशवण्डा नै भएको थिएन। ‘चौधरी दाइभाइ’ छुट्टिएपछि अरुणले दाइलाई बिक्री गरेको सेयरको सबै कागजात हुँदाहुँदै भाइ पक्राउ पर्नुलाई ‘विनोद चौधरीको छलछाम’ जान्नेहरू भाइलाई फसाएर आफू उम्किन खोजेको ठान्छन्।
विनोदको निर्देशनमा अरुणले पहिले कम्पनीको नाममा जग्गा लिने निर्णय गरेपछि २०४३ साल कात्तिक २७ गते मात्र फुटवेयर कम्पनी दर्ता गराएका थिए।
र, त्यसको ६ वर्षपछि सुनियोजित रूपमा कम्पनी नै बन्द गराएका थिए। अहिले विनोद चौधरीको कब्जामा रहेको बाँसबारीको १० रोपनी जग्गालाई कतिपयले ‘सानो ललिता’निवास प्रकरण भनेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया