ग्वार्खो फ्लाइओभरको काम धमाधम, ४० प्रतिशत भौतिक प्रगति (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

ललितपुरस्थित ग्वार्को चोककाे फ्लाइओभर निर्माणकाे काम धमाधम भइरहेको छ।

फ्लाइओभर निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएपछि करिब तीन महिना जति राेकिएकाे काम अहिले भने धमाधम अघि बढेकाे हाे।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनका अनुसार याे परियोजनाको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ। फ्लाइओभरको डिजाइनअनुसार चोकमा ३० मिटर गहिरो १२ वटा पिलर राखिएकाे छ।

बाँकी रहेकाे काम आगामी जेठकाे अन्तिमसम्म लाग्ने अनुमान रहेकाे इन्जिनियर महर्जनले बताए।

उनका अनुसार अहिले दैनिक डेढ सय कामदारले काम गरिरहेका छन्। जाडाे समय भएकाले दिनमा मात्रै काम भइरहेकाे छ।

याे परियोजना २०७८ फागुन १२ गते निर्माण ठेक्का सम्झौता भएर अघि बढेको थियाे। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा बन्ने फ्लाइओभरको पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने शर्त छ।

प्रकाशित मिति: : 2024-01-30 15:21:00

प्रतिकृया दिनुहोस्