ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा

शनि शाक्य

काठमाडौं

ललितपुरमा जर्मन महिला मृत भेटिएकाे घटनाकाे अनुसन्धान गर्न फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा पुगेकाे छ।

साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।

घटनास्थलकाे अनुसन्धान गरेर फरेन्सिक टाेली भने फर्किसकेकाे छ। प्रहरीले तालिम प्राप्त कुकुर पनि घटनास्थल लगेर अनुसन्धान गरेकाे छ। यसबाट घटनाबारे केही पुष्टि नभएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एपी नवराज कार्कीका अनुसार उनी अपार्टमेन्टकाे आफ्नै कोठामा मृत भटिएकी थिइन्। उनकाे टाउकोमा चोट देखिएको थियाे।

प्रकाशित मिति: : 2024-01-29 14:42:00

प्रतिकृया दिनुहोस्