कुनै पूर्वयोजना बिना नै भारत भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको भारत भ्रमणलाई लिएर विभिन्न आशंका पैदा भएका छन्।
रास्वपाकै एक नेताले रवि भारतमा लुकेर बसेका पूर्वव्यावसायिक साझेदार जीवी राईलाई सहकारी प्रकरणमा आफ्नो पक्षमा वयान दिन मनाउन गएको हुनसक्ने बताएका छन्।उनका अनुसार आफ्नो कोर टिमका उपाध्यक्ष डोलप्रसाद अर्याललाई नै लिएर भारत जानुको कारण पनि यही हुन सक्छ।
केही समय पहिले रविका पूर्वव्यावसायिक साझेदार जीबी राई मलेसियामा रहेको र रवि उनैलाई भेट्न पार्टीको कार्यक्रमको बहाना बनाएर मलेसियामा गएको आशंका गरिएको थियो।
एकपछि अर्को विवाद बाहिरिदै आएका रवि लामिछानेको पछिल्लो समय ग्यालेक्सी टीभीसँग सम्बन्धित सहकारी प्रकरण छरपस्ट भएको छ। नेपाल प्रहरीको सीबीआईले गम्भीरतापूर्वक छानबिन गरिरहेको यो प्रकरणमा चुर्लुम्मै डुब्न लागेपछि उनले सिंगो पार्टी पंक्तिलाई नै आफ्नो बचाउमा उतारिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकै एक सदस्य भन्छन्, ' रवि आफ्ना पूर्वसाझेदार जीवीलाई भेटेर बयानका क्रममा आफूलाई नमुछ्न आग्रह गर्न आतुर छन्।' जीवीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भैसकेको छ। फरार रहेका उनलाई लामो समयसम्म पनि पक्राउ गर्न नसकिएपछि नेपाल प्रहरी इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गर्ने क्रममा रहेको बताइन्छ।
नेपाल प्रहरीको सीबीआइले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतालाई लिएर गरिरहेको छानबिनलाई तार्किक निस्कर्षमा पुर्याउन पनि जीबी राईको बयान महत्वपूर्ण हुने बताइएको छ। यसका लागि पनि प्रहरी उनलाई पक्राउ गर्न अन्तिम कसरत गरिरहेको छ।
जीबी राई नजिक एक स्रोतका अनुसार अहिले उनी रविले आफूलाई फसाएको भन्दै रविसँग रूष्ट छन्। उनी कुनै पनि बेला प्रहरीसमक्ष आत्मसमर्पण गर्दै रविसँग भएको वास्तविक कारोबारको बारेमा वयान दिएर रविलाई पानीमाथिको ओभानो बन्न नदिने योजनामा रहेको बताइन्छ।
यसैबीच रास्वपा गठन हुनुपहिलेको रविको व्यक्तिगत विवादमा सिंगो पार्टीलाई ढाल बनाएको भनेर पार्टीको एक पंक्तिमा असन्तुष्टी चुलिएको बताइन्छ। यो विवाद बढ्दै जाँदा पार्टी विभाजित हुन सक्ने आशंका पनि बढेको छ। यदि जीवी पक्राउ परे र उनले सहकारी ठगी प्रकरणमा रविको संलग्नता रहेको वयान दिए भने रविको राजनीति गम्भीर दुर्घटनामा पर्ने निश्चित त छ । त्यसैले रवि उनलाई भेटेर आफ्नो पक्षमा वयान दिन लगाउन जीवीलाई भेट्न अनेक जुक्ति लगाइररहेका छन्।
रविको पछिल्लो भारत भ्रमणलाई पनि यही पृष्ठभूमी र सन्दर्भमा हेर्न थालिएको छ।
Gb rai लाई भेट्यो वा भेटेन त्यो कुरा हामिला थाहा भएन तर सर्भ साधारण हामी जन्ताहरुलाई चै पक्क्कै भेट्यो ।।