म दिल्ली आउँदा सिल्लीहरुले काठमाडौंमा अनेक हल्ला फैलाइसके होलान्- रवि लामिछाने

बिएल संवाददाता

नयाँ दिल्ली

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे काठमाडौंमा नकारात्मक हल्ला फैलिएको हुन सक्ने संकेत गर्दै कार्यकर्तालाई सचेत हुने आग्रह गरेका छन्।

शनिबार दिउँसाे नयाँ दिल्लीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई अन्य हल्लाबारे सचेत हुन आग्रह गरेका हुन्। उनले आफ्नो भ्रमण विशुद्ध कार्यकर्ता भेट र अन्तरक्रियाका लागि मात्र भएकाे स्पष्ट पारे।

‘कहिलेकाहीँ दिल्ली आइरहँदा काठमाडौमा कुन चाहिँ सिल्लीले अर्को हल्ला फैलाइरहेको हुन्छ,’ उनले भने, ‘यसलाई भेटेर उसलाई भेट्यो, यहाँ गएर त्यहाँ गयो भनेका हुन्छन् तर सिल्लीहरुको हल्लाको पछाडि लाग्न जरुरी छैन।’

उनले आफू नयाँ दिल्ली र हैदरबादको कार्यक्रमका लागि आएको र अन्य कुनै राजनीतिक भेटघाट नरहेको जानकारी दिए।

‘बाटाेमा कोही भेटिए बेग्लै कुरा हाे नत्र म अरु कोहीलाई भेट्न आएको होइन, नेपाली दाजु-भाइ दिदी-बहिनीलाई भेट्न आएको हुँ,’ उनले भने, ‘जसले मलाई मनमा सजाएका छन्, जसलाई मैले मनमा सजाएको छु, उनीहरूलाई भेट्न आउँदा कसैले हल्ला फैलाए भने ती हल्लाको प्रवाह गर्ने छैन।’

भारत पुगेर रविले भने- आमाकाे काखजस्ताे प्याराे केही हुँदैन

प्रकाशित मिति: : 2024-01-27 17:48:00

प्रतिकृया दिनुहोस्