बिएल संवाददाता
अन्तरक्रियाका लागि भारतकाे राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आमाकाे काख (जन्मभूमि)जस्ताे प्याराे अरु केही नहुने बताएका छन्।
उनले काम र राेजगारीका लागि संसारकाे जुनसुकै कुनामा पुगेपनि आफ्नाे जन्मभूमिजस्ताे प्याराे अरु केही नहुने बताएका हुन्। उनले १४ वर्ष अमेरिका बस्दाका दिनहरूबारे पनि उल्लेख गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सबै युवालाई स्वदेश फर्किने वातावरण मिलाउनेछाैँ’, उनले भने, ‘आमाकाे काखजस्ताे प्याराे अरु केही हुँदैन।’ उनले परिवर्तनका लागि स्वदेश फर्किन आग्रह गरे।
रास्वापाले जगाएकाे आशाकाे दियाेलाई फुकेर निभाउने प्रयास भइरहेकाे भन्दै उनले आगामी निर्वाचनसम्म बिचल्लित नहुन र भाेट हाल्नका लागि नेपाल फर्किन उनले आग्रह गरे।
त्यस्तै उनले रास्वपाले सदस्यता शुल्क नलिने नीति लिएकाे तर पार्टी निर्माणका लागि मनकारी व्यक्तिबाट सहयाेगकाे अपेक्षा गरेकाे बताउँदै आर्थिक सहयाेगका लागि अपिलसमेत गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया