बिएल संवाददाता
जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा जाउलाखेल प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाएका हुन्। ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले रु १० हजार पुरस्कारसमेत पाए। अब जाउलाखेलले आगामी १५ गते हुने क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ।
यसअघिका प्रि–क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ। सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ। प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया