राष्ट्रियसभा सदस्यमा गण्डकीबाट गठबन्धनका तीनैजना उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार गठबन्धनबाट अपाङ्गतातर्फ नेपाली कांग्रेसका पदमबहादुर परियार र महिलातर्फ नेकपा (माओवादी केन्द्र)बाट मनरुपा शर्मा विजयी भएका छन्।

परियारले ३ हजार ७७४ मतभार प्राप्त गरेका छन् भने शर्माले ३ हजार ६६० मतभार प्राप्त गरेकी छन्।

यस्तै अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार पाएका छन्।

प्रकाशित मिति: : 2024-01-25 17:02:00

प्रतिकृया दिनुहोस्