एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न सरकारले गठन गर्‍यो समिति

File Photo
File Photo

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को निर्वाचन विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले एनआरएनए विवाद छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हाे।

समितिको संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहान रहेका छन्।

समितिले १५ दिनभित्र संघको लेखा तथा कामकारबाहीका सम्बन्धमा छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने छ।

यसअघि भएको एनआएरएनको निर्वाचनमा धाँदली भएको भन्दै एक पक्षले विराेध जनाएकाे थियो।

यसैगरी सरकारले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ।

बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ।

मन्त्रिपरिषदले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ।

प्रकाशित मिति: : 2024-01-24 16:26:00

प्रतिकृया दिनुहोस्