एएफसी एसियन कपकाे समूह चरणबाटै बाहिरियाे भारत

कतारमा जारी एएफसी एसियन कपमा भारत समूह चरणबाटै बाहिरिएकाे छ।

समूहचरण अन्तर्गतकाे तीनवटै खेलमा पराजित भएसँगै भारत कपबाट बाहिरिएकाे हाे। साेमबार समूह चरणकाे अन्तिम खेलमा पनि भारत सिरियासँग १-० गाेल अन्तरले पराजित भयाे।

खेलकाे ७६औँ मिनेटमा गाेल गर्दै सिरियाले भारतमाथि जित निकालेकाे हाे।

यसअघि भारत अस्ट्रेलियासँग २-० र उज्वेकिस्तानसँग ३-० ले पराजित भएकाे थियाे।

यसअघि भएकाे एसियन कपमा भने भारत छनाेट भएकाे थियाे।

प्रकाशित मिति: : 2024-01-23 20:47:00

प्रतिकृया दिनुहोस्