रविन भण्डारी
आफू सञ्चारकर्मी हुँदा अरुलाई नैतिकताको पाठ पढाउँदै हिँड्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला नैतिक संकटमा परेका छन्।
विवादित पृष्ठभूमिका व्यापारी जीबी राईसँगको संगत र विभिन्न सहकारी संस्थाको लाखौँ रकम हिनामिना प्रकरणमा मुछिएपछि सांसदसमेत रहेका लामिछानेलाई ‘सार्वजनिक मञ्चमा मुख देखाउनै मुस्किल’ भएको छ।
उनी परम्परागत राजनीतिक दल, आमसञ्चार र सामाजिक सञ्जाल प्रयोककर्ताको लागि ‘तारो’ मात्रै बनिरहेका छैनन्, अनेकन विवादका कारण उनी पार्टीबाटै एक्लिँदै गएका छन्।
सहकारी बचतकर्ताको लाखौँ रकम अपचलन प्रकरणमा एकपछि अर्को लहरो तन्किरहँदा ‘उपसभापति तथा सांसद स्वर्णिम वाग्ले समूह’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जोगाउने अभियानमा लागेको छ।
रवि लामिछाने व्यक्तिगत वादविवादमा फसेपछि ‘वैकल्पिक राजनीतिक शक्ति’को रुपमा हेरिएको नयाँ राजनीतिक दललाई विवादमुक्त बनाउनुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको नेताहरूले बताउन थालेका छन्।
वाग्लेनिकट पदाधिकारी तथा सांसदहरूले सहकारी प्रकरणमा मुछिएका सभापति लामिछानेलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। ‘रविजी आफैँले बुझ्नुपर्ने कुरो हो क्यारे! तर उहाँको बोली र व्यवहारमा एकरुपता देखिएन। उहाँ नैतिकताका ठुल्ठूला गफ गर्नुहुन्छ। उहाँमै नैतिकताको खडेरी देखियो। तरपनि हाम्रो आग्रह छ, सभापतिबाट राजीनामा दिँदा राम्रो हुन्छ,’ रास्वपाका एक सांसदले भने।
दुई महिनाअघिसम्म पार्टीभित्र एकछत्र राज चलाएका लामिछानेलाई हिजोआज उपसभापति वाग्ले समूहले थप चुनौती थपिरहेको छ।
‘हाम्रो सभापतिजी पार्टीलाई निजी कम्पनी जसरी चलाउन खोज्नुहुन्छ, त्यो रास्वपामा सम्भव छैन,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो पार्टी एउटा विशाल पार्टी बन्दैछ, रविजीले पनि त्यसै प्रकारको सोच राख्नुपर्छ।’
ग्यालेक्सी टेलिभिजन छाड्दा सहकारी संस्थाबाट लाखौँ रकम लिएको तथ्य बाहिरिएपछि लामिछानेविरुद्ध चर्को विरोध भइरहेको छ। सार्वजनिक वृत्तमा सहिनसक्नु आलोचना भएपछि उपसभापति वाग्लेनिकट सांसद विराजभक्त श्रेष्ठ, मनिष झा, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, सन्तोष परियार, सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की, पुकार बम, अनिल शाह, राजेश तिम्सिनालगायतले सोमबार अर्का उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई ‘रविजीलाई बचाउने कि पार्टीलाई बचाउने’ भनेर प्रश्न गरेका छन्।
वाग्ले समूहका नेताहरूले ‘लामिछानेबाट जानीनजानी धेरै ठाउँमा धेरै पटक गल्ली भएको’ बताउँदै आमसञ्चारसँग पंगा लिनु मुर्खता भएको स्वीकार गरेका छन्।
‘राजनीतिमा नैतिकता हुनुपर्छ। हामीहरू नैतिकताको मूल्य-मान्यता बोकेर राजनीतिक मैदानमा उत्रिएका हौँ। हामीहरूलाई पछि फर्किने छुट छैन,’ रास्वपाका एक सांसदले बिएल नेपाली सेवासँग भने, ‘रविजीको बारेमा यत्रो विवाद भइरहेका बेला पदमै बसिरहनु राम्रो होइन! बरु पार्टीको सभापति डीपीजीलाई बनाऊँ! होइन भने उहाँको खास मान्छे मुकुल ढकाल, निशा डाँगी वा दीपक बोहोरा जसलाई बनाए पनि हुन्छ। तर उहाँले नैतिकताचाहिँ देखाउनुपर्छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया