अब प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने

अब कुनै पनि प्रमाणपत्र लिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा धाउनु नपर्ने भएको छ। त्रिविले यही माघ १५ गतेदेखि अनलाइन सेवा उपलब्ध गराउने भएको छ। 

ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन सबै काम अनलाइनबाट हुने त्रिवि परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ। 

हालसम्म यी प्रमाण लिन त्रिविको केन्द्रीय कार्यालयमा आउँदा निकै झन्झटिलो र ढिला हुने गरेको थियो। १५ गतेदेखि अनलाइन शुल्क तिर्ने व्यवस्था गर्न थालेको त्रिविले जनाएको छ। 

यसको कार्यन्वयन कसरी गर्ने भन्ने विस्तृतमा माघ १० गते त्रिविले जानकारी गराउने छ।   

सूचना

प्रकाशित मिति: : 2024-01-16 18:55:00

प्रतिकृया दिनुहोस्