आज 'एमएलके'लाई 'मिस' गरिरहेको छ अमेरिका !

प्रदीप भट्टराई

वासिङ्टन डीसी

आज जनवरी महिनाको तेस्रो सोमबार। सन् १९८० यता हरेक वर्षझैं यस वर्ष पनि अमेरिका आफ्नो एक विशेष नागरिकको सम्मानमा राष्ट्रिय दिवश मनाइरहेको छ । ती विशेष नागरिक हुन्, मार्टिन लुथर किङ जुनियर। संयोगले यस वर्षको आजको सोमबार उनको जन्मदिन नै परेको छ। उनको जन्म सन् १९२९ जनवरी १५मा जर्जियाको एटलान्टामा भएको थियो ।

अमेरिकीहरूले मायाले एमएलके नामले पुकार्ने मार्टिन लुथर किङ एक महान समाजशास्त्री, मानवाधिकार अधिवक्ता तथा नागरिक अधिकारकर्मी थिए। उनकै नेतृत्वमा १९५८ देखि १९६५ सम्म अमेरिकामा अश्वेतहरूको समान शिक्षा र रोजगारीको लागि लडिएको नागरिक अधिकार आन्दोलन सम्भव भएको थियो।  आन्दोलनका क्रममा १५ पटक पक्राउ परेका उनले दुई हजार पाँच सय भाषण दिएका थिए । तीमध्येको सबैभन्दा चर्चित भाषण ‘आई ह्याभ अ ड्रिम’ हो । उनले यो भाषण १९६३ मा वाशिङटन डीसीको लिनकन मेमोरियलमा दिएका थिए ।

भाषणमा उनले सपना देख्नुपर्छ भन्दै उनले आफ्नो सबैभन्दा प्रिय समान यस्तो रहेको बताएका थिए, 'मैले एउटा सपना संगालेको छु कि एकदिन जर्जियाका यी राता टाकुराहरुमा पहिलेका दासका छोरा र दास-मालिकका छोरा भातृत्वको टेबल वरिपरि सँगै बस्न सक्नेछन। मैले एउटा सपना संगालेको छु कि, एकदिन मेरा यी चार सन्तान एउटा यस्तो राष्ट्रको बासिन्दा हुनेछन, जहाँँ उनीहरुको चिनारी छालाको रङ्गले नभै उनीहरुको मानवीय गुण-दोषको आधारमा मापन हुनेछ ।

MLK,अमेरिका तिमीलाई सम्झिरने छ! MLK अर्थात् मार्टिज लुथर किङ जुनियर।अमेरिकी अश्वेतको समान शिक्षा र रोजगारीको अधिकार स्थापित गर्ने ‘आई ह्याभ अ ड्रिम’ फेमका नागरिक अभियन्ता थिए MLK।१९२९ जनवरी १५मा जन्मिएका उनको १९६८अगस्ट ४ मा हत्या गरियो। आज अमेरिका उनकै स्मृतिमा MLK Day मनाइरहेछ।

अमेरिकी अश्वेतहरूले हासिल गरेको सम्मानजनक जीवनमा उनको अतुलनीय देन रहेको मानिन्छ।  

विश्व शान्ति र सामाजिक न्यायको लागि अतुलनीय योगदान गरेका उनी सन् १९६४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। अश्वेतहरूको अधिकार दिलाउने यी योद्धा सुरूदेखि नै नश्लवादी श्वेतहरूको निशानामा थिए । उनको हत्या पनि एक श्वेतबाटै भयो। उनको हत्या सन् १९६८अगस्ट ४ मा ३९ वर्षको उमेरमा टेनेसीको मेम्फिसमा गरिएको थियो। एक श्वेत प्रहरी जेम्स इयारले गोली हानी उनको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका थिए ।

मार्टिन लुथर किङका नाममा राष्ट्रिय दिवश मनाइए पनि अझै पनि उनले हेर्ने अमेरिकीहरको दृष्टिकोण विभाजित नै छ। अश्वेत र डेमोक्रेटहरू उनलाई महान मानवअधिकारकर्मी तथा नागरिक अधिकारकर्मी मान्छन् भने धेरैजसो श्वेत रिपब्लिकन उनलाई अझैपनि एक कम्युनिष्ट भन्दै घृणा गर्छन्। उनलाई घृणा गर्नेहरूको संख्या अमेरिकामा ट्रम्पको उदय भएपछि अरू बढेको छ। 

जे भए पनि उनले अमेरिकालाई आज जस्तो श्वेत-अश्वेत मिलेर बस्ने सभ्य राष्ट्र बनाउन अहम् योगदान गरेका छन्। यो भातृत्व र शान्ति अभिवृद्धिका नायकका रूपमा अमेरिका उनलाई एक विशिष्ट नागरिकका रूपमा समान गरिरहनेछ । कुनै विशिष्ट सार्वजनिक पदमा नरहेर पनि यति ठूलो अमेरिकी सम्मान पाउँने उनी एक मात्र सरेवसाधारण अमेरिकी हुन्। 

हामी पनि आजको अमेरिका बनाउन अहम् योगदान दिने एमएलकेलाई श्रद्धापूर्वक सम्झन्छौं। एमएलके, अमेरिका तपाईंलाई मिस गरिरहेको छ।

प्रकाशित मिति: : 2024-01-15 23:05:00

प्रतिकृया दिनुहोस्