इनारमा खसिन् एक महिला, उद्धार कार्य जारी

शनि शाक्य

ललितपुर

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। इनारमा खसेकी महिलाको अहिले प्रहरीले उद्धारको प्रयास गरिरहेकाे छ। 

महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बस्ने ती महिला इनारमा खसेकी हुन्। 

लुगा सुकाउने बेलामा इनारकाे स्ल्याबमा उनी चढेकी थिइन्। स्ल्याब फुटेपछि इनरमा खसेकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2024-01-15 11:31:00

प्रतिकृया दिनुहोस्