एमाले सचिवालय बैठक भोलि

नेकपा एमालेको सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसो प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको जानकारी उनले दिए।

प्रकाशित मिति: : 2024-01-04 21:27:00

प्रतिकृया दिनुहोस्