सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ एमालेसहितकाे बैठक बस्ने

File Photo
File Photo

राष्ट्रियसभाको सिट बाँडफाँटबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे गठबन्धनका सम्बद्द चार दलबीचकाे बैठक निष्कर्षविहीन भएकाे हाे।

राष्ट्रियसभामा एमालेलाई सिट दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि बैठक निष्कर्षविहीन भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनका अनुसार आजै साँझ नेपाली कांग्रेस, नेकपा माओवादी र एमालेकाे संयुक्त बैठक बस्नेछ।

आज बिहानकाे बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता सहभागी थिए। 

प्रकाशित मिति: : 2024-01-04 12:05:00

प्रतिकृया दिनुहोस्