कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ। टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ। 

कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले बताए। उनले तत्काल नदी नियन्त्रणको काम हुनुपर्ने बताए। ‘हिउँदको समयमा पनि नागरिक त्रासमा छन्। नदीको धार बस्ती केन्द्रित भएर बग्न थालेको छ,’ उनले भने, ‘समयमै काम हुन सकेन भने जतिबेला जे पनि हुनसक्छ।’

नदीले तटबन्ध गएको बर्सातको समयमा नदीले तटबन्ध भत्काएर कटान गरेको भए पनि आजभोलि मात्रै कटान गरेको भन्ने थाहाभएको स्थानीय धनसिंह साउँदले बताए। उनका अनुसार बर्सातको समयमा वनभित्र सहज रुपमा आवतजावत नहुने हुँदा हिउँदमा आएर नदीले गरेको कटान थाहाभएको हो। 

टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। 

प्रकाशित मिति: : 2024-01-03 09:55:00

प्रतिकृया दिनुहोस्