होटलमा काम लगाउने भन्दै भारतमा पुर्याएर एक व्यक्तिको मृगौला निकालिएको घटना सार्वजनिक भएको छ।
मम पसलमा काम लगाइदिने र मासिक ३० हजार रुपैयाँ तलब दिने भन्दै भारतको कलकत्ता पुर्याइ झक्याएर मृगौला झिकिएको हो।
मृगौला झिक्ने कार्यमा संलग्न रहेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँले नुवाकोटको बेलकोटगढी नगरपालिका– १३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको छ।
हरि यसअघि पनि मानव बेचबिखनमा संलग्न रहेपछि १० वर्ष जेल सजाय भुक्तान गरी छुटेका थिए।
उनलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँका प्रवक्ता कृष्णप्रसाद पगेनीले बताए।
प्रहरीले मानब बेचबिखनमा संलग्न रहेको आरोपमा पीडितले बाँदर भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भनिने सुवास नेपालीविरुद्ध मुद्धा दायर गरेका छन्।