नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले माइतीघर मण्डलामा जारी गरिएकाे निषेधाज्ञा खाेल्नुपर्ने बताएका छन्।
साेमबार सिंहदरबारमा बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन्।
‘म माननीय गृहमन्त्रीज्यूलाई अनुराेधन गर्न चाहन्छु, माइतीघरकाे निषेधित क्षेत्र हटाइदिनुहाेस्’, उनले भने, ‘हेर्दा सामान्य लाग्न सक्छ तर जस्ताे आज केही साथीहरु धाेती दिवस मनाउन जाँदा लखेटिनुभयाे, उहाँहरु बाेल्नुभएकाे भए कमसेकम सरकारले जनताकाे कुरा सुन्न पाउँथ्याे। के थाहा माइतीघरमा बाेल्न पाइन्थ्याे थियाे भने ती केटाहरु बालकुमारी जानुपर्दैन थियाे कि!’
माइतीघर मण्डला क्षेत्र जनताले सरकार र सांसदलाई कुरा सुनाउन बनाइएकाे ठाउँ भएकाेले याे क्षेत्र निषेध गर्नुकाे औचित्य नरहेकाे उनकाे भनाइ छ।
सुरक्षा संवेदनशीलतालाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडाैँले मंसिर पहिलाे सातादेखि माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे छ।