‘राष्ट्रिय धोती दिवस’ मनाउन माइतीघरबाट पुगेका जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्।
साेमबार दिवस मनाउन र्यालीसहित निषेधित क्षेत्र माइतीघर पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।
बबरमहलस्थित कला परिषद्मा जम्मा भएर माइतीघरतर्फ अघि बढेका राउतसहितका कार्यकर्ताहरूलाई प्रहरीले राेके पनि नमानेपछि पक्राउ गरेकाे हाे। उनीहरूलाई प्रहरीले भ्यानमा हालेर लगेकाे छ।
बिहान जनमका केही व्यक्तिहरु सेतो धोती लगाएर ब्यानरसहित माइतीघरमा पुगेका थिए। साेही क्रममा उनीहरुमाथि प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम नगर्न भन्दै हस्तक्षेप गरेको हो। प्रहरीले हस्तक्षेप गरेपछि जनमतका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियाे।