बालकुमारी घटनामा ‘जाँचबुझ आयोग’ गठन

Breaknlinks
Breaknlinks

बालकुमारी घटनाबारे छानबिनका लागि सरकारले एउटा जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग बनाएको हो। 

आयोगको सदस्यमा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्। 

आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययनरविश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायको खोजी गर्ने लगायतका कार्यादेश पनि दिइएको छ।

आयोगले प्रतिवेदन कार्य प्रारम्भ गरेको १ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ। 

शुक्रबार कोरियाका लागि ईपिएस परीक्षामा अनुतीर्ण भएका हजारौं परीक्षार्थीले बालकुमारीमा गरेको आन्दोलनमा दुईजनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2024-01-01 09:59:00

प्रतिकृया दिनुहोस्