प्रधानमन्त्रीको तस्बिरलाई लिएर भ्रम फैलाएको भन्दै सचिवालयले जनायो आपत्ति

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को अफवाह फैलाइएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। साथै प्रधानमन्त्रीको राजनीतिक प्रतिबद्धता कमजोर पार्ने कोशित भइरहेको सचिवालयको भनाइ छ।   

प्रचण्ड बुधबार (आज) गाेरखाको बारपाक सुलिकोट गाउँपालिकाका स्थानीयसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। त्यहाँ पुग्दा उनको  एउटा तस्बिरलाई लिएर परिवारसहित उनी घुम्न गएको भनेर आलाेचना भइरहेको छ। 

मंगलबार देशवासीका नाममा सम्बाेधन गर्दै प्रचण्डले पूर्व निर्धारित र कुनै आवश्यक कामबाहेक राजधानी नछाड्ने र काममा खटिने बताएका थिए। साेही विषलाई लिएर पनि राजधानी नछाड्ने भनको अर्को दिन किन घुम्न गएको भन्दै आलाेचना भइरहेको छ। 

समाजिक सञ्जालमा प्रचण्डको आलोचना भएपछि उनको सचिवालयले खण्डन गर्दै भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरुसङ्ग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौँ।’

प्रकाशित मिति: : 2023-12-27 19:59:00

प्रतिकृया दिनुहोस्