बिएल संवाददाता
अमेरिका घुम्न आउने चाहना को नेपालीसँग हुदैन र? तर, चाहना राख्ने सबै नेपाली अमेरिका आउँन सक्दैनन्। खर्च पनि एउटा कुरा हो तर खर्च जोहो गर्ने हैसियत भएका नेपाली पनि अमेरिका आउँन सक्दैनन्।
उनीहरूको चाहनासामु अमेरिका प्रवेश गर्न चाहिने भिसा फलामे ढोका बनेर उभिदिन्छ। जो कसैलाई अमेरिकाले सजिलै भिसा दिदैन। अमेरिकी दूतावासका भिसा अधिकारीहरू अमेरिका पुगेर फर्कने विश्वासिलो आधार नपाउन्जेल मरिकाट्य भिसा जारी गर्दैनन्।
नेपालमा हजारौ हैन लाखौंको संख्यामा अमेरिकी भिसाका लागि आवेदन दिइन्छ। त्यसमध्ये वर्षमा केही हजारले मात्र भिसा पाउँछन्।
यो वर्षको नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासबाट एकहजार चारसय १९ नेपालीले मात्र भिजिटर भिसा (बी १/बी २) पाएका छन्। यो संख्या अक्टोबर महिनाको भन्दा पनि कम हो। अक्टोबर महिनामा भने एकहजार ६सय ७५ नेपालीले भिजिटर भिसा पाएका थिए।
काठमाडौंमा वर्षौ लामो भिसाको लाइन भएकाले केही नेपाली अन्य देशमा गएर पनि अमेरिकी भिसाका लागि आवेदन दिन्छन्। यसरी आवेदन दिनेमा विभिन्न देशमा रहे पनि नेपाली राहदानी नै बोकेका नेपाली पनि हुन्छन्। यसरी भिसा आवेदन दिने नेपालीले पनि केही संख्याको अमेरिकाको भिजिटर भिसा पाउँछन्।
अमेरिकी सरकारको तथ्यांकअनुसार नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासभन्दा बाहेक अन्य देशका अमेरिकी दूतावास वा नियोगबाट भिजिटर भिसा पाउँनेको संख्या ३६० रहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया