चालु आर्थिक वर्षकाे पाँच महिनाकाे अवधिमा १२ कराेड बढीकाे कन्डम नेपाल भित्रिएकाे छ। भन्सार विभागले जनाएअनुसार गत साउनदेखि मंसिरसम्मकाे अवधिमा १२ कराेड २ लाख रुपैयाँकाे कन्डम आयत भएकाे हाे।
विभागकाअनुसार याे अवधिमा १ कराेड ९४ लाख वटा कन्डम नेपालमा भित्रिएकाे छ, जसबाट राज्यकाेषमा २४ हजार रुपैयाँ कर दाखिला भएकाे छ।
नेपालमा विशेषगरी चार देशबाट कन्डम आयात हुने गरेको छ। याे अवधिमा पनि भारतबाट मात्र १० कराेड ९४ लाख रुपैयाँ बराबरकाे कन्डम भित्रिएकाे छ भने चीनबाट २२ लाख ४० हजार, काेरियाबाट ५२ लाख ४२ हजार तथा मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँकाे कन्डम नेपाल भित्रिएकाे छ।
गत आर्थिक वर्ष २०७९/८०काे साेही अवधिमा ९ कराेड २८ लाख ५८ हजार रुपैयाँकाे कन्डम आयत भएकाे थियाे। यस वर्ष भने साेही अवधिमा २ कराेड ७४ लाख बढी कन्डम आयत भएकाे छ।