‘रवि लामिछानेलाई पत्रिकाले आराेप लगाउँछ, गृहमन्त्रीले छानबिन गरिहाल्छन्’

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा खाएको प्रमाणित गर्न चुनौती दिएका छन्।

सोमबार चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि योजनाबद्ध खोया प्रहार भएको र सहकारीको पैसा खाएको प्रकरणमा जबरजस्त आफूलाई जोडिएको भन्दै असन्तुष्टि जनाए।

खोया प्रहार हुँदासमेत आफूलाई गृह प्रशासनबाट कुनै सोधखोज नगरेको दुखेसो गरे। ‘देशको चौथो ठुलो दलमाथि आक्रमण भएको छ। गृह प्रशासनले एकपटक सोधखोज त गर्नुपर्ने होला? तर छैन। सब योजनाबद्ध छ,’ उनले भने।

उनले हिजो राष्ट्रिय परिचयपत्र छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिइएको विषयमा आफूमाथि छानबिन गरेर कुनै प्रतिवेदन नबुझाएको भन्दै फेरि आफूमाथि सहकारीको विषय जोडेर फसाउने योजना भइरहेको बताए।

‘अब यही सहकारीभित्र छिरेर। यहाँबाट सुरुवात गरेर यहाँ लिएर गएर यसलाई फसाउँछु भन्ने कुनै योजनाभित्र तपाईं हुनुहुन्छ कि भन्ने मलाई आशंका छ,’ लामिछानेले गृहमन्त्रीलाई इङ्गित गर्दै भने, ‘आनन्दले अनुसन्धान गर्नुहोस्। जसरी हिजो एक अर्ब खायो भनेर अनुसन्धान गर्नुभएको थियो। सहकारीको पैसा अपचलन गरेको प्रमाणित गर्नुहोला। म तयार छु।’

लामिछानेले हिजो आफूले दिएको सूचनाका आधारमा गृहमन्त्रीले सुन तस्करलाई बचाएकोसमेत आरोप लगाए।

प्रकाशित मिति: : 2023-12-25 12:09:00

प्रतिकृया दिनुहोस्