भारतमा काेराेनाकाे नयाँ भेरियन्ट तीव्र रुपमा फैलिँदै, नेपाल उच्च जाेखिममा

photo: Agency
photo: Agency

काेराेना भाइरसकाे नयाँ भेरियन्ट जेएन १ भारतमा तीव्र रुपमा फैलिएकाे छ।

दुई साताअघि केरेलाका केही व्यक्तिमा भेटिएकाे जेएन १ भाइरस हालसम्म साेही राज्यमा मात्र १ हजार ३ सय २४ जनामा फैलिएकाे पुष्टि भएकाे छ।

भाइरस विशेषगरी बालबच्चा र वृद्धवृद्धामा तीव्र रुपमा फैलिइरहेका स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। याे भाइरस संक्रमणपछि ज्वराे आउने, रुघाखाेकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या हुने गरेकाे छ।

भाइरस भारतमा तीव्र रुपमा फैलिएसँगै नेपालमा पनि यसकाे जाेखिम बढेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथाेकीले नेपालमा पनि यसकाे जाेखिम बढेकाे बताए। याे भाइरस काेभिड १९ जसरी एक मान्छेबाट अर्काे मान्छेमा सहजै सर्ने भएकाेले नेपालमा पनि जाेखिम बढेकाेले सचेत रहन जरुरी रहेकाे उनकाे भनाइ छ।

विशेषगरी राेजगारीकाे लागि भारतमा गएका नेपालीबाट याे भाइरस नेपालमा भित्रन सक्ने जाेखिम रहेकाे छ।

चीनमा पहिलाेपटक देखिएकाे याे भेरियन्ट अहिलेसम्म भारत र चीनसँगै बेलायत, न्युजिल्यान्डलगायत ४० देशमा फैलिएकाे छ। भारतमा भने यसमा भाइरसकाे संक्रमणबाट चार जनाकाे मृत्यु भएकाे छ।

सामान्यतया स्वासप्रश्वासमा असर गर्ने भाइरसकाे रुपमा चिनिने याे भाइरस त्यति धेरै घातक भने नरहेकाे चिकित्सकहरुले बताएका छन्। तर, हेलचेक्राइँ गर्दा बालबालिका तथा दीर्घराेगीहरुकाे ज्यानसमेत जान सक्ने चिकित्सकहरुकाे भनाइ छ।

त्यसैले सचेत हुन जरुरी रहेकाे सहिद शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल प्रमुख डा.शेरबहादुर पुनले बताए। ‘याे भाइरस नेपालमा पनि नभित्रिएला भन्न सकिन्नँ’, उनले भने, ‘विश्व आवतजावतको हिसाबले सानो भइसक्यो एक ठाउँमा देखिएको सरुवा रोग विश्वभरि सजिलै फैलिन्छ।’

याे भाइरस संक्रमणबाट बच्न मास्ककाे प्रयाेग गर्नुपर्ने, ब्यक्ति ब्यक्तिबीच भाैतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरकाे प्रयाेग गर्नुपर्ने, बेला-बेलामा हात धुनुपर्ने तथा काेराेना भाइरसविरुद्धकाे खाेप नलगाएकाहरुले खाेप लगाउनुपर्ने डा.पुनकाे बनाइछ।

प्रकाशित मिति: : 2023-12-24 18:47:00

प्रतिकृया दिनुहोस्