राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ।
शनिबार पोखराकाे अमरसिंहचोकमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा एक व्यक्तिले उनीमाथि मकैको खाेया प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार सभामा सहभागी लमजुङ घर भई पोखरा बस्दैआएका सन्तोष रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफूमाथि खोया प्रहार भएपनि सम्बाेधनलाई निरन्तरता दिएर लामिछाने सभाबाट बाहिरिएका थिए।
खाेया प्रहार गर्ने रानाभाटले लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन्।
भिडियाे :