अस्मिता केसी
झरी, बादल
खोँच, हिमाल
पहाड, तराई
नदी, समुन्द्र
सब्बै सब्बै लेखिसकेपछि
एउटा लेखकलाई पनि लाग्दो हो,
- अब त केही पृथक लैखूँ !
लाग्दो हो-
- विकासका कविता लेखूँ
- समृद्धिका कथा लेखूँ
- जनताको खुसीका लामा उपन्यास लेखूँ
अनि लेखूँ,
- लेखकले लेखेरै पेट पालेका नियात्राहरू पनि..!
हत्या,
हिंसा,
बलात्कार
लाजनीति
र परनिर्भरताका
स्तम्भ लेख्दा लेख्दा
- घरीघरी घोत्लिँदो पनि होला
- भयका काला बादल मडारिँदा हुन् मन र मस्तिष्कमा
अनि सुस्केरा हाल्दै भन्दो हो-
धत् अब त अत्ति भो ! केही रोचक लेख्नुपर्छ
- जनताका हक लेख्नुपर्छ
- लेख्नुपर्छ भ्रष्टहरूको अवसानका सत्यकथा
- लेक्नुपर्छ लाजनीति साच्चिँकै राजनीतिको गन्तव्यमा
पुगेको नियात्रा
- लेख्नुपर्छ देशको आत्मनिर्भरताका ठुला उपन्यासका ठेली
- लेख्नुपर्छ कथा-कविता सुरक्षित भएका चेली।
र, अन्तमा लाग्दो हो,
‘के गर्छस्?’ भनि कसैले सोध्दा
- ‘लेख्छु’ भन्ने जवाफमा
दोहोर्याएर प्रश्न नगरियोस्-
- अनि काम चाहिँ के गर्छस्...?
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया