बिएल संवाददाता
नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्धा दायर भएको छ।
गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्धा दायर गरेका हुन्।
कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ।
साथै बस्नेतले ‘हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ’ भन्दै अदालतप्रति सार्वजनिक रूपमा हुर्मत लिने काम गरेको व्यहोरा पनि रिट निवेदनमा उल्लेख छ।
रिट निवेदक न्यौपानेले एमाले नेता बस्नेतलाई अदालतको अबहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरी निष्पक्ष न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया