संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
गौतमले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएकाे अधिकारीहरूले जनाएका छन्।
गौतम २०७७ वैशाखमा सचिवालयकाे महासचिव नियुक्त भएका थिए। पदावधि सकिन ८ महिना बाँकी छँदै उनले राजीनामा दिएका हुन्।
गौतमकाे राजीनामालगत्तै महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसमक्ष पाण्डेको नाम सिफारिस गरेका हुन्।
एमालेनिकट गौतमलाई राजीनामा गराएर साेही पार्टीनिकट पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएकाे हाे।
सभामुख र राष्ट्रियसभा अध्यक्षले गाैतमकाे पदावधि नसकिँदै पदबाट राजीनामा गराएर नयाँ महासचिव नियुक्तिका लागि पाण्डेको नाम सिफारिस गरेपछि माओवादी केन्द्रका एक सांसदले 'संसदमा एमालेकाे चलखेल' कायमै रहने आशंका व्यक्त गरेका छन्।