बिएल संवाददाता
लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। स्थानीय समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो।
प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतारामुक्त रहेको बताएको छ।
लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई "घरविहीन" व्यक्ति भएको उल्लेख गरेको छ।
यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ। सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ।
ती तीनजना पीडितहरू फुटपाथ (गल्ली) मा एक्लै सुतिरहेका बताइएको छ।
आक्रमणकारी अझै फरार छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया