चोरीमा संलग्न चार प्रतिवादी पक्राउ

शनि शाक्य

काठमाडौं

नगद तथा जिन्सी सामान चोरीमा संग्लन चार जना पक्राउ परेका छन्। 

ललितपर–१८ विनायक कोलोनी भैंसेवाटीका २३ वर्षीय सविन रोक्का, मकवानपुरका राजु तामाङ (राजु भोलन), रामेछापका स्थानीय तर हाल भक्तपुर विनायक–२ मा बस्दैआएका उमेश श्रेष्ठ र काठमाडौं–८ का मनोज नेपाली पक्राउ परेका हुन्। 

फरक–फरक स्थानबाट पक्राउ परेका उृनीहरूले ललितपुर–२५ का डा. फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुकलगायत ल्यापटप चोरी गरेका थिए। 

चोरी संग्लनमा पक्राउ परेका उनीहरूको साथबाट म्यामबुक, नगदलगायत विभिन्न कम्पनीको ल्यापटप बरामद गरिएको छ। अहिले उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2023-12-01 12:44:00

प्रतिकृया दिनुहोस्