चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ 

शनि शाक्य

ललितपुर

प्रहरीले चोरी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोलखा मेलुङका स्थानीय तर हाल ललिपुर–३ बुगमतीका अम्बरबहादुर तामाङ र प्रेमबहादुर तामाङ रहेका छन्।  

मंसिर–४ गते ललितपर–१८ भैंसेपाटीस्थित कामेश्वर यादवको घरबाट १९ लाख ४२ हजार ६०० बराबरको सामान चोरी भएको थियो। सोही अनुसन्धानको क्रममा उनीहरूलाई प्रहरीले मंसिर–५ गते पक्राउ गरेको थियो। 

पक्राउ परेका उनीहरूको साथबाट एक थान चश्मा, आदर्श सौल युवक सेकेण्डरी स्कुलको उत्तर पुस्तिका कागजले बेरिएको यूएसडी १०० दरका नोटहरू ४४ थान र कालो टेपले सेतो कागजलाई बेरिएको भारतीय ५०० रुपैयाँको ५९ थान फेला परेको छ। भने अमेरिकी डलर पनि बरामद गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-12-01 12:07:00

प्रतिकृया दिनुहोस्