बिएल संवाददाता
खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भए अनुरुप राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ।
सदस्यहरूमा राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन्। प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन्।
खेल संघलाई क्रियाशिल बनाइ खेलकुद गतिविधिहरूको कार्यन्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्य–सचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो। कार्यदलले विस्तृत अध्ययन गरी २१ दिन भित्र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ।
सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशिल छन्। उनको कार्यकालमा २४ संघले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन संघको एकीकरण समेत भइसकेको छ।
खेल संघको संख्यालाई २ अंकमा झार्ने अभियानमा सदस्य–सचिव घिसिङ गम्भीर भएर कार्यन्वयको प्रकृयामा लागि परेका छन्। जसका लागि उनले अपेक्षित परिणाम समेत हासिल गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया