बिएल संवाददाता
अमेरिकाको भर्मन्ट राज्यको बर्लिङटनमा एक श्वेत अतिवादी युवाले तीन प्यालेस्टाइन विद्यार्थीमाथि गोली प्रहार गरेको छ। घटनामा घाइते तीन जनाकै स्थानीय भर्मन्ट युनिभर्सिटी मेडिकल सेन्टरमा उपचार भैरहेको बताइएको छ। मेडिकल सेन्टरका अनुसार एकजनाको अवस्था भने चिन्ताजनक रहेको छ।
थैक्स गिभिङको बेला बर्लिङटनमा रहेकी एक आफन्तकोमा आएको बेला उनीहरू घुम्न निस्केका थिए। तीन युवामध्ये दुईले प्यालेस्टाइनले लगाउने मफलर केफियाज लगाएका थिए। त्यही बेला ह्याण्डगन लिएर आएको एक श्वेत युवाले उनीहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो।
घटनामा घाइते तीनमध्ये दुई अमेरिकी नागरिक रहेको र एक अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त प्यालेस्टाइनी रहेको बताइएको छ। उनीहरूको नाम तहसीन अलि अहमद, किन्नन अब्दलहमिद र हिशम अवर्तानी रहेको बताइएको छ। हिशम ब्राउन युनिभर्सिटी रोड आइल्याण्ड, किन्नन हार्भर्ड कलेज पेन्सेल्भेनिया र तहसीन ट्रिनिटी कलेज कनेक्टिकटका विद्यार्थी रहेको बताइएको छ। उनीहरू बर्लिङ्टनमा रहेकी हिशमकी हजुरआमालाई भेट्न आएका थिए।
म घटनाको घोर निन्दा गर्दछु र दोषीमाथि कडाभन्दा कारबाहीको माग गर्दछु। अमेरिकामा यस्तो घृणालाई कति पनि ठाउँ छैन।
-बर्नी स्याण्डर्स, सिनेटर, भर्मन्ट
बन्दूकधारीको खोजी जारी रहे पनि अझै फरार नै रहेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन्।
घटनामा घाइते तीनजनाकै परिवारले एक संयुक्त वक्तव्य जारी गरी घटनाको निस्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
अमेरिकी श्वेतहरू उग्र इजेरेली समर्थक र प्यालेस्टाइनी बिरोधी हुन्छन्। यतिबेला मध्यपूर्वमा इजेरेल र हमास आम्नेसाम्ने छन्। दर्जनौ अमेरिकी मारिएका छन् र ठूलो संख्यामा हमासको कब्जामा छन्। यो पछिल्लो परिघटनाले अमेरिकी श्वेतहरूमा प्यालेस्टाइनविरोधी घृणा आकासिएको छ।
यो घटनालाई पनि त्यही पृष्ठभूमिमा हेरिएको छ। उनीहरूले प्यालेस्टाइनले लगाउने मफलर केफियाज लगाएको देखेर नै श्वेत युवाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।
घटनालाई लिएर अमेरिकामा चासो र चिन्ता बढेको छ। भर्मन्टका सिनेटर तथा चर्चित समाजवादी नेता बर्नी स्याण्डर्सले घटनाको निन्दा गर्दै दोषीमाथि कडाभन्दा कारबाहीको माग गरेका छन्। उनले अमेरिकामा यस्तो घृणालाई कति पनि ठाउँ नभएको पनि बताएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया