बिएल संवाददाता
नेकपा (एमाले)का नेता महेश बस्नेतले निर्वाचित कलाकार र सेलिब्रेटीले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँको तीनकुनेमा आयोजित युवा संघको आन्दोलन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।
नेता बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कारण काठमाडौँका अधिकांश सटरहरु बन्द भएको आरोप लगाए।
‘देश बनाउँछन् भनेर बालेनहरुलाई उत्पादन गरियो, फेरि सेलिब्रेटीहरुले बनाउँछन् भनेर अमेरिकामा बसेर नौटंकी गरेर आएको रवि लामिछानेलाई श्रृङ्गारबटार गरियो। यी श्रृङ्गारेहरुले यो देश बनाउँदैनन् भन्दा हामीमाथि हिलो छ्यापियो,’ बस्नेतले भने, ‘आज तपाईंले परिणाम देख्नुभएको छ, काठमाडौँभित्र ६० प्रतिशत सटरहरु बन्द भएका छन्, एकातिर बालेनले यो मुलुकको अर्थतन्त्र ध्वस्त पार्दैछन्, अर्काेतिर बालेनले काठमाडौँ सहर बस्न नलायक बनाउँदैछन्।’
उनले सबै मिलेर नेपाललाई टाट पल्टाउन खोजेको आरोप लगाए।
भिडियो :
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया