बिएल संवाददाता
नेकपा (एमाले)का नेता महेश बस्नेतले निर्वाचित कलाकार र सेलिब्रेटीले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँको तीनकुनेमा आयोजित युवा संघको आन्दोलन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।
नेता बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कारण काठमाडौँका अधिकांश सटरहरु बन्द भएको आरोप लगाए।
‘देश बनाउँछन् भनेर बालेनहरुलाई उत्पादन गरियो, फेरि सेलिब्रेटीहरुले बनाउँछन् भनेर अमेरिकामा बसेर नौटंकी गरेर आएको रवि लामिछानेलाई श्रृङ्गारबटार गरियो। यी श्रृङ्गारेहरुले यो देश बनाउँदैनन् भन्दा हामीमाथि हिलो छ्यापियो,’ बस्नेतले भने, ‘आज तपाईंले परिणाम देख्नुभएको छ, काठमाडौँभित्र ६० प्रतिशत सटरहरु बन्द भएका छन्, एकातिर बालेनले यो मुलुकको अर्थतन्त्र ध्वस्त पार्दैछन्, अर्काेतिर बालेनले काठमाडौँ सहर बस्न नलायक बनाउँदैछन्।’
उनले सबै मिलेर नेपाललाई टाट पल्टाउन खोजेको आरोप लगाए।
भिडियो :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया