के छुट्टिदैछन् अभिषेक बच्चन र ऐश्वर्या...? 

तस्बिर: सामाजिक संञ्जाल
तस्बिर: सामाजिक संञ्जाल

बलिउडकाे चर्चित जाेडीमध्येकाे एक हाे, अभिषेक बच्चन र ऐश्वर्या राय। अक्सर उनीहरूबीचकाे प्रेमकाे चर्चा चलिरहन्छ। तर पछिल्लाे समयदेखि एकअर्काेसँग खुसी छैनन् बच्चन दम्पत्ति। 

लामाे समयदेखि उनीहरूबीच भएकाे मनमुटावकाे खबर आइरहेको छ। साेहीकारण ऐश्वर्याले आफ्नो जन्मदिनदेखि करवा चौथ पनि छाेरी आराध्यासँग मनाइन्। र दिपावलीमा पनि एक्लै रमाइलाे गरिन्। 

श्रीमानकाे साथबिना एक्लिएकी उनी अहिले सम्बन्ध विच्छेदको खबरले चर्चा पाइरहेकी छन्। उनकाे सेयर गरेकाे पाेस्टबाट उनीहरू छुट्टिन लागेकाे कुरा सार्वजनिक भइरहेकाे छ। 

अभिनेत्रीले आफ्ना स्वर्गीय पिता कृष्णराज रायको जन्मदिनको अवसरमा आफ्नो इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरिन्। 

ऐशले आफ्नी छोरी आराध्या र उनका स्वर्गीय बुबाको एक साथ तस्वीर पोस्ट गर्दै लेखेकी थिइन्, 'लभ यु अलवेज, द प्याराे ड्याडी-अज्जा, सबैभन्दा दयालु, हेरचाह गर्ने, उदार र महान... तपाईंजस्तो कोही छैन। हुन पनि सक्दैन। जन्मदिनको शुभकामना! सम्झनामा प्रार्थना, हामी तपाईंलाई धेरै याद गर्दछौं।' 

उनले यी तस्वीरहरु पोस्ट गर्ने वित्तिकै उनी र अभिषेक बच्चनको बिछोडको चर्चा चुलिएको हाे। एक यूजरले लेखेका छन् कि, 'डियर ऐश.. तपाईं किन अभिषेकसँग एकसाथ फाेटाे खिच्नु हुन्न...? के तपाईंहरू अलग हुँदै हुनुन्छ..?'
 

प्रकाशित मिति: : 2023-11-23 15:55:00

प्रतिकृया दिनुहोस्