अभिनयलाई निरन्तरता दिन्छु: रेखा थापा

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनः चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन्।

केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन्।

‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो। म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइनँ’, अभिनेत्री थापाले भनिन्।

उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताइन्। उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताए।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ। चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ।

प्रकाशित मिति: : 2023-11-21 17:10:00

प्रतिकृया दिनुहोस्