बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् भएकाे बताएका छन्।
शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ।’ नेपाल संवत्लाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए।
भिडियाे :
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया