संगीतकार राजु सिंहका प्रिय १० सुर : आशा भोस्लेले ‘नेपालमा पनि यस्तो गीतकार हुनुुहुन्छ र?’ भनेर सोध्नुभएको थियाे

उकेरा

भोला अधिकारी

संगीतकार राजु सिंह नेपाली संगीत क्षेत्रका विशिष्ट साधक हुन्। सधैँ सुगम र शास्त्रीय संगीतसँगै आाधुनिक संगीतमा उनले आफूलाई विलप्त गराएका छन्। नेपालमा पप जनराको उदय हुँदै गर्दा संगीतकार राजु सिंह ‘प्रतिबिम्ब ब्याण्ड’मा आवद्ध थिए। 

उनको सांगितिक यात्राको सुरुवात यहि ब्याण्डबाट उदय भयो। पछि गायक आनन्द कार्कीले संगीतकार बन्न आग्रह गरेपछि ब्याण्ड छोडेर सोलो संगीत गर्न थालेका थिए सिँहले। नेपाली संगीतका उनै साधक राजु सिंहले आफूलाई प्रिय लाग्ने अरुका पाँच र आफ्ना पाँच गीत यसरी छनौट गरेका छन्। 

आफ्ना पाँच

रित्तो सडकमा.. 

यो गीतले मेरो सांगितिक यात्रामा पहिलो ‘टर्निङ प्वाइन्ट’ ल्यायो। वसन्त बित्यासी थापाको शब्द लेखनमा यस गीतमा जोहनले स्वर भर्नुभएकाे छ। त्यो समयमा पप गीतलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भएर होला याे गीत असाध्यै मन पर्छ मलाई। 

यो गीत बजारमा आउँदा पप गीतको लहर नै चलेको थियो त्यो बेला। यो गीत अहिले पनि युवापुस्तामा उतिकै सदावहार बनेको छ। सुरुमा त गीतकार वसन्त बित्यासीले यस्तो गीत पनि लेख्नुहुन्छ होला र जस्तै लागेको थियो।  त्यति राम्रो छ यो गीत। 

प्रकाशित मिति: : 2023-10-08 17:51:00

प्रतिकृया दिनुहोस्