बिएल संवाददाता
                                दसैं, तिहार र छठका लागि असाेज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै चाडपर्व लक्षित गरी २९ गतेदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने जनाएकाे हो।
गत वर्षमा जस्तै यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असाेज २९ गतेदेखि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
साथै काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमा गएर नयाँ नोट साट्न सकिने छ।
एक जनाले १८ हजार ५०० रुपैयाँसम्म नोट सटही गर्न पाउनेछन्। ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया