बिएल संवाददाता
दसैं, तिहार र छठका लागि असाेज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै चाडपर्व लक्षित गरी २९ गतेदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने जनाएकाे हो।
गत वर्षमा जस्तै यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असाेज २९ गतेदेखि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
साथै काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमा गएर नयाँ नोट साट्न सकिने छ।
एक जनाले १८ हजार ५०० रुपैयाँसम्म नोट सटही गर्न पाउनेछन्। ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया