‘दशैँ–कन्सर्ट’का लागि शिव परियार र रचना रिमाल थाइल्यान्डमा

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड

गायक शिव परियार र गायिका रचना रिमाल थाइल्यान्ड आइपुगेका छन्।

थाइल्यान्डस्थित थाई नेपाली संघको आयोजनामा शनिबार दिउँसाे नेशनल स्टेडियम आयाेजित समाराेहमा प्रस्तुति दिन उनीहरू सुन्दरनगरी बैंकक आइपुगेका हुन्। 

थाइल्यान्डमा रहेका नेपालीहरूकाे साझा संस्था थाई नेपाली संघले दशैंकाे अवसरमा बैंककमा ‘दशैँ–कन्सर्ट’को आयाेजना गरेकाे छ।

शनिबार बैंकककाे नेशनल स्टेडियममा हुन गइरहेकाे ‘दशैँ–कन्सर्ट’मा गायक शिव परियार र गायिका रचना रिमालसँग रमाउनका लागि हजाराैँ नेपालीहरू भेला हुँदैछन्।

गायक शिव परियार १२ वर्षपछि थाइल्यान्ड आएका हुन भने गायिका रचना रिमाल पहिलोपटक आइपुग्दा खुसी र उत्साहित छिन्।

‘नेपालीमा एउटा उखान छ। १२ वर्ष पछि खोलो पनि फर्किन्छ। यसपालि ठिक यस्तै भयो। थाई नेपाली संघका भूतपुर्व अध्यक्ष तथा वर्तमान संरक्षक आदरणीय दाई कुमार कार्कीज्यूको घरमा १२ वर्षपछि फेरिपनि भान्सा गर्ने अवसर मिल्यो,’ गायक शिव परियारले भने।

गायक परियार र गायिका रिमाललाई थाई नेपाली संघका पदाधिकारीहरूले विमानस्थलमै स्वागत गरेका थिए। शनिबार दिउँसाे नेशनल स्टेडियममा टीएनएले आयाेजना गरेकाे ‘दशैँ–कन्सर्ट’ भव्य हुँदैछ।

प्रकाशित मिति: : 2023-10-07 07:08:00

प्रतिकृया दिनुहोस्